October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

समाजसेवामा रुचि राख्ने खेन्पो कमल भण्डारी, पिडितलाई सहयोग लिएर विभिन्न ठाँउमा पुग्ने गर्छन्

खेन्पो कमल भण्डारी नेपाल बौद्ध महासंघको उपाध्यक्ष , नेपाल साक्य बौद्ध संघको महासचिव समेत रहेका उनी सामाजिक कार्यमा निकै रुचि राख्ने व्यक्ति हुन् । समाजमा दिन दु:खी र गरिब कोइ भोकै नपरुन भनेर विपत्तकाे घडीमा विभिन्न ठाउँमा सहयोग गर्न पुग्छन् ।

कतै भाेकै रहेका व्यक्तिहरुलाई खाना बाेकेर पुग्छन् त कतै बाढिपहिराे पिडितलाई आर्थिक सहयोग लिएर पुग्ने गरेका छन् त्सस्तै वर्षायामकाे याे सममा सिन्धुपाल्चोकको विभिन्न ठाउँमा पहिराे गयाे ती मध्य बाह्रबिसे जम्मु पहिराे पिडितलाई केही सहयोग पुगाेस भनी भण्डारीले बाह्रविसे नगर पालिकालाइ रु १०००००/ बिपती राहत कोसमा सहयोग गरेका छन् । उक्त सहयोग रकम नगरपालिका मेयर निमफून्जु शेर्पालाइ हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी भोटेकोसी गाउपालीका लाइ १ लाख रुपैयाँ बिपती राहत कोसमा सहयोग गरेकाे पनि भण्डारीले हाम्रोकान्तिपुर लाई बताएका छन् । उक्त सहयोग रकम भण्डारीले गाउपालीका प्रमुख राजकुमार पौड्यल लाइ हस्तान्तरण गरेका हुन् ।

भोटेकोसी कोदारी वरिपरिको लागि तिर्पाल र केहीमृत्यक परिबार लाइ आथिक सहयोग पनि भण्डारीले उपलब्ध गराएका हुन् । कोराेना महामारिको कारण भाेकै रहेका कतिपय व्यक्तिहरुलाइ खानाको साथै खाध्यन सहयोग र माक्स वितरण गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको