November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

मन्त्रीले नै कालापानी र लिपुलेक विवादित भुमि बताए पछि सांसदहरूको बिराेध

कैलाली- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले मंगलबार सञ्चालन भएको बैठ्कमा गैर जिम्मेवारीपन देखाएका छन् । प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठ्कमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कालापानि, लिपुलेक र लिम्पीयाधुरा नेपालको विवादित भुमी भएको बताएका छन् ।

उनले उने —‘प्रदेश सभाको बिशेष समयमा बोल्दै विवादित भुमिलाई आफ्नो हो भनि दावा पेश गरेकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहान्छु ।’ यद्यपी नेपाल सरकारले उक्त भुभागलाई समावेश गर्दै नयाँ नक्सा सार्वजनिक सकेको छ । यसरी संघिय सरकारले कालापानि, लिपुलेक र लिम्पीयाधुरालाई समावेश गर्दै नयाँ जारी गरिसकेको अवस्था नक्सा प्रदेश सरकारका जिम्मेवार मन्त्रीले प्रदेश सभामा विवाद भुमी भन्दै सम्बोधन गरी गैरजिम्मेवारी पन देखाएका छन् । मन्त्री बोहरा सभामा सम्बोधन गर्दागर्दै प्रदेश सासंदहरुले आपत्ति जनाएका थिए । सासंद दिर्घ सोडारीले आपत्तिजन अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

उनले कालापानि, लिपुलेक र लिम्पीयाधुरा विवादित भुमी नभएर नेपालको सार्वभौमीक भुमी भएको बताउदै मन्त्रीको उक्त गैर जिम्मेवारी अभिव्यक्ति सच्याउन आग्रह गरे । यस्तै मन्त्री बोहराले प्रदेश सभामा बोल्ने क्रममा सुरुमै संयुक्त राज्य अमेरीकाको झण्डा भएको रुमाल रोष्टमको माईक्रोफोनमा झुण्डाए । प्रदेश सरकारका मन्त्रीेले अमेरीकाको झण्डा झुण्डाएर साम्बोधन गर्दैगर्दा प्रदेश सभा सचिवालका सचिव राम सिहं धामीले रोष्टमको माईक्रोफोनबाट झिकेका थिए । यसरी प्रदेश सभा सञ्चालन हुदै गर्दा बाह्य मुलुकको झण्डा ल्याएर प्रदेश सभामा प्रर्दशन गर्नुले प्रदेश सरकारका मन्त्री कतिसम्म गैरजिम्मेवार रहेछन् भन्ने प्रमाणीत हुन्छ । यस्तै देशभर अमेरिकाबाट प्राप्त करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध चलिरहेको बेला प्रदेश सरकारका मन्त्रीले अमेरीकाको झण्डा ल्याएर सभाको रोष्टममै प्रर्दशन गर्नु संकाशस्पद बिषय बनेको छ ।

शीर्ष समाचार

धेरै पढिएको