
काठमाडौँ, उद्योगपति विनोद चौधरी कोरोना सङ्क्रमणबाट मुक्त भएका छन । उनले आफ्नो आधिकारिक ट्विटरमार्फत आफू कोरोनामुक्त भएको जानकारी गराएका हुन ।
उनलाई दश दिनअघि कोरोना सङ्क्रमण देखिएपछि एकान्तवासमा बसेका थिए । उनले आफूप्रति शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।
प्रतिक्रिया







