December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २८० पुग्याे

  • 10
    Shares

काठमाडौं – नेपालमा हालसम्म काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २८० जना पुगेकाे छ । जसमध्ये शनिबार थप ९ जनाकाे मृत्यु भएको हाे । शुक्रबारसम्म २७१ जनाकाे मृत्यु भएको थियाे भने आज ९ काे मृत्यु भई कुल मृतक संख्या २८० पुगेकाे छ ।

काेराेना संक्रमित बढेसँगै मृत्यु हुनेकाे संख्या पनि बढेकाे हाे ।यस्तै आज देशभर १ हजार ४१ जना काेराेना संक्रमित थपिएका छन् । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको