
मस्को, रूसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपको प्रारम्भिक परीक्षणका क्रममा खोप लगाएका मानिसहरूमा रोगप्रतिरोधी प्रतिक्रिया देखिन शुरू भएको रुसी वैज्ञानिकहरूले बताएका छन् ।
उक्त खोपका बारे पहिलो प्रतिवेदन सार्वजनिक गर्दै रुसी वैज्ञानिकहरूले त्यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय मेडिकल जर्नल ‘द लान्सिट’मा प्रकाशित प्रतिवेदनमा जनाइएअनुसार खोप परीक्षणमा सहभागी भएका सबैको शरीरमा एन्टीबडी विकसित भएको र गम्भीरखालका कुनै पनि नकारात्मक प्रभावहरु देखिएका छैनन् ।
तर विज्ञहरुले सानो स्तरमा खोप परीक्षण गरिएकाले त्यसको पूर्ण प्रभावकारिता र स्वास्थ्य सुरक्षा साबित गर्नका लागि पर्याप्त नहुने बताएका छन् ।







