
काठमाडौं । बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवक पक्राउ परेकाे छ । उनी पत्रकार नभएको खुलेकाे छ । उनी महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन रहेकाे र इमाडोलबाट पक्राउ परेकाे खबर राताेपाटिमा छ ।
महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गरेकाे छ ।







