March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

जनताको दुःखमा सरकार साथै रहेको छ: गृहमन्त्री रामबहादुर थापा

file photo

बागलुङ, गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका हुन ।

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो । राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताउनुभएको सासंद् पौडेलले जानकारी दिएका छन ।

जनताको दुःखमा सरकार साथै रहेको बताएका छन । गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले राहत प्रदान गर्ने बताए । यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि रु. तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुएको सांसद् पौडेलले बताएका छन ।

यस्तै उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए ।