- नेपालमा हालै आएको भीषण प्राकृतिक बिपदबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण कोरियास्थित HANPASS REMITTANCE ले राहत अभियान अन्तर्गत २ करोड वन प्रारम्भिक सहयोग गर्ने भएको छ साथै प्रति कारोबार १,००० वन राहत कोषमा जम्मा हुने एवेट यथावत राख्दै बढी भन्दा बढी राहात सहयोग जुटाउन लागि परेको छ।
हानपासका कुशल ब्यबस्थापक सन्तोष खड्काका अनुसार
२ करोड वन सहयोग राहातकोषको प्रारम्भिक सहयोग मात्रै भएको र प्रति कारोबार १,००० वन राहत कोषमा जम्मा हुने एवेट यथावतनै रहेकोले सहयोग रकम अझ धेरै हुने बताउदै आफु लगायत नेपाली टिम कम्पनिको तर्फबाट मात्र नभई संगै काम गर्ने कोरियन तथा बिदेशी सहकर्मीहरु संग पनि प्रधानमंत्री राहात कोषमा सिधैं सहयोग गराउन लागिपरेको र सबैले दिल खोलेर सहयोग गरिरहेको समेत बताए।
उनी थप्छन्
अहिले नगरे कहिले गर्ने?
हामीले नगरे कसले गर्ने ?
देश अहिले यस्तो बिषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा हाम्रो सानो सहयोगले पनि देशलाई ठुलो सहयोग पुग्ने हुदा आफुहरु आफुले चिनेजानेको कोरियन समुदाय देखि सम्पुर्ण बिदेशी समुदाय संग सहयोगको लागि लागिपरेको बताए साथै यो बिषम परिस्थितिमा देशको लागि आफुले सक्ने सहयोग गर्नुहुने दक्षिण कोरियाका सम्पुर्ण नेपाली समुदायलाई हार्दिक धन्यवाद एवं कृतज्ञता समेत ब्यक्त गरेका छन्।
हानपासले प्रारम्भिक सहयोग अन्तर्गत दुई करोड वन छुट्टै सहयोग गर्ने र अगस्ट २७ देखि सेप्टेम्बर ६, २०२६ सम्म सञ्चालन भइरहेको प्रत्येक कारोबारबापत HANPASS ले आफ्नै तर्फबाट १,००० कोरियन वन राहत कोषमा जम्मा गरिदिने एंबेन्टको रकमलाई छुट्टै सहयोग गर्ने भएकोले सहयोग रकम अहिलेसम्म दक्षिण कोरियाबाट घोषणा भएको रेमिट्यान्स कम्पनिहरुरुको सहयोग रकम मध्ये सबैभन्दा धेरै हुने आंकलन गरिएको छ।
राहतका लागि ग्राहकबाट कुनै अतिरिक्त रकम वा शुल्क लिइने नभई हानपासले आफै पैसा जम्मा गरिदिने साथै कारोबारको रकम सानो वा ठुलो जति भएपनि राहात कोषमा १,००० कोरियन वन जम्मा हुने समेत कम्पनिले बताएको छ।
HANPASS की ग्राहक केन्दकी प्रमुख भावना कार्कीका अनुसार अभियानमार्फत जम्मा हुने सम्पूर्ण रकम दक्षिण कोरियास्थित नेपाली राजदूतावासको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। अभियानबाट संकलित कुल रकमसमेत पारदर्शी रूपमा सार्वजनिक गरिने समेत उनले बताइन् ।
प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको सहयोगमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत HANPASS मा सहयोगको लागि अनुरोध गरेर प्रकृया अगाडि बढाइएको र यो पुण्य काममा पहल गरेर नेपालको लागि सहयोग जुटाउन सफल भएकोमा आफु लगायत सम्पु्र्ण नेपाल टिम खुसी रहेको बताउदै HANPASS का ब्यबस्थापक सन्तोष खड्का थप्छन्, HANPASS कम्पनीले विपद्को यस कठिन घडीमा नेपाली समुदायसँगै उभिँदै सहयोग र ऐक्यबद्धताका लागि सबैलाई आह्वान गर्दै मन खोलेर HANPASS ले नेपाल नेपाली समुदायको लागि प्रारंभिक चरणमा २ करोड वन र अरु पनि सहयोगको प्याकेज ल्याएर जति सक्दो बढी नेपाल र नेपालीहरुको लागि सहयोग गर्दा आफुहरु ज्यादै खुसी भएको र HANPASS परिवार संग जोडिरहदा आफुहरुलाई धेरै गर्व लागेको समेत बताए।
“सानो प्रयास, ठूलो आशा” भन्ने सन्देशसहित सञ्चालन भइरहेको यस बृहत अभियानमार्फत विपद् प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्य रहेको र यसमा दक्षिण कोरियामा रहनुभएका सबै नेपाली दाजुभाई दिदिबहिनिहरुले HANPASS मार्फत सानो ठुलो जति सुकै रकम पठाउदा मात्रै पनि यो राहात अभियानमा सहभागी हुन मिल्ने र अटोमेटिक राहात कोषमा प्रत्येक कारोबारमा १००० वन हानपासको तर्फबाट राहात कोषमा जम्मा हुने हुदा सबैलाई यो महान पुण्य काममा सहभागी हुन समेत ब्यबस्थापक खड्काले दक्षिण कोरियामा रहनुभएका सम्पुर्ण नेपाली समुदायलाई हार्दिक अनुरोध समेत गरेका छन्। साथै उनी थप्छन्
HANPASS — नेपालीको सुख–दुःखमा सधैँ सँगै।






