नेपालका बाढीपीडितका लागि गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्वारा ३३ हजारभन्दा बढी सहयोग प्रदान
नेपालमा हालै आएको विनाशकारी बाढी तथा दैवीप्रकोपबाट प्रभावित पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले आर्थिक सहयोग प्रदान छ।स

समाजको तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा कोरियन वन ३,००,००० (तीन लाख वन) अर्थात् नेपाली रुपैयाँ ३३,१२१/- (तेत्तीस हजार एक सय एकाइस) जम्मा गरिएको हो।
“मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने मूल नाराका साथ प्रवासमा रहेर पनि जन्मभूमिको विपत्तिमा मलम लगाउने उद्देश्यले उक्त रकम सहयोग स्वरूप पठाइएको समाजले जनाएको छ।






