नेपाल गोरखा परिवार दक्षिण कोरियाले ३ लाख रुपैयाँ सरकारलाई सहयोग प्रदान प्रदान गरेकाे छ।
नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि गोरखा परिवार दक्षिण कोरियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ।
दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्थाहरूले विपद्को समयमा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने क्रम जारी राखिरहेका बेला गोरखा परिवार दक्षिण कोरियाले हालसम्मकै ठूलो संस्थागत रकम सहयोग गरेको हो।
मातृभूमिमा परेको विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम उपलब्ध गराएको जनाएको छ।







