सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले राम नाम सत्य फिल्म प्रदर्शन कार्यक्रम जुन १४ आइतबार सम्पन्न गरेकाे छ।
उक्त कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा समाजका अध्यक्ष उद्बव नेपाल लगायत सम्पूर्ण कार्यसमितिले धन्यवाद तथा आभार व्यक्त गर्नुभएकाे छ।
धन्यवाद तथा आभार विस्तृत तल हेर्नुहाेस।
🙏 हार्दिक धन्यवाद तथा आभार 🙏
“आपसी सद्भाव, सहयोग र सल्लाह — सिन्धुपाल्चोकवासीको मिलनको आधार”
दक्षिण कोरियाको सुवनस्थित एके प्लाजाको छैटौं तलामा रहेको मेगाबक्स सिनेमामा सम्पन्न नेपाली चलचित्र “राम नाम सत्य” प्रदर्शन तथा सिन्धुपाल्चोक छात्रवृत्ति कोष सहयोग कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सद्भाव, सुझाव, हौसला र उपस्थिति जनाउनुहुने सम्पूर्ण महानुभावहरूमा सिन्धुपाल्चोक समाज दक्षिण कोरिया हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
विभिन्न व्यक्तिगत, सामाजिक तथा व्यावसायिक व्यस्तताका बाबजुद पनि यहाँहरूले कार्यक्रमप्रति देखाउनुभएको आत्मीयता, विश्वास, माया र सहयोगले यस कार्यक्रमलाई भव्य एवं सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विशेषगरी छात्रवृत्ति कोष सुदृढीकरण अभियानमा प्रदान गर्नुभएको साथ, समर्थन र योगदानले समाजलाई थप जिम्मेवार, उत्साहित तथा आगामी दिनमा अझ प्रभावकारी ढंगले सामाजिक कार्यहरू अगाडि बढाउन प्रेरित गरेको छ।
कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी भई उत्साह थप्नुहुने, साथै विभिन्न कारणवश उपस्थित हुन नसक्नुभए तापनि शुभेच्छा, सद्भाव, नैतिक समर्थन, आर्थिक तथा अन्य विविध सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।
यस कार्यक्रमलाई सफल बनाउन आर्थिक, प्राविधिक तथा नैतिक रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रायोजक संस्था, व्यवसायिक प्रतिष्ठान, सहयोगी संघसंस्था तथा शुभेच्छुक महानुभावहरूप्रति सिन्धुपाल्चोक समाज दक्षिण कोरिया विशेष हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। यहाँहरूको उदार सहयोग, विश्वास र साथबिना कार्यक्रमलाई यस स्तरमा सफलतापूर्वक सम्पन्न गर्न सम्भव हुने थिएन। यहाँहरूको सहयोगले केवल कार्यक्रमलाई मात्र सफल बनाएको छैन, सिन्धुपाल्चोक छात्रवृत्ति कोषलाई थप सुदृढ र प्रभावकारी बनाउने हाम्रो अभियानलाई समेत महत्वपूर्ण ऊर्जा प्रदान गरेको छ।
साथै, दक्षिण कोरियास्थित विभिन्न जिल्ला, क्षेत्रीय, जातीय, धार्मिक, सामाजिक तथा पेशागत संघ–संस्थाहरूबाट पाल्नुभई कार्यक्रमलाई गरिमामय बनाउन उपस्थित हुनुहुने सम्पूर्ण सम्माननीय अतिथिज्यूहरूमा विशेष हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। यहाँहरूको उपस्थितिले कार्यक्रमको महत्व र गरिमा अझ उचो बनाएको छ भने आपसी सद्भाव, एकता र सहकार्यको भावनालाई थप मजबुत बनाएको छ।
यस कार्यक्रमको सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण सहयोगी संस्था, व्यवसायी, पत्रकार मित्रहरू, स्वयंसेवकहरू, कलाकार, चलचित्रकर्मी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।
यहाँहरूको अमूल्य साथ, सहयोग र विश्वासप्रति पुनः हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि आपसी सद्भाव, सहकार्य, सहयोग आदानप्रदान तथा आत्मीय सम्बन्ध अझ सुदृढ र प्रगाढ बन्दै जाने विश्वास लिएका छौं। समाज, समुदाय र मानवीय सेवाका क्षेत्रमा आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सुझाव, सल्लाह र सहयोग प्राप्त भइरहने अपेक्षा राख्दछौं।
धन्यवाद।
सिन्धुपाल्चोक समाज दक्षिण कोरिया 🙏
प्रतिक्रिया








