कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका ‘बले’लाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिइएको प्रहरीले जनाएको छ ।अमेरिका बस्दै आएकी कलाकार संगम बिष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलेले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । लगत्तै उनी पक्राउ परेका थिए।






