खोटाङको दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१ का वडाध्यक्ष नवराज राई र कार्यपालिका सदस्य गीता थापा बस्नेतको अन्तरंग भिडियो लिक भएपछि हंगामा मच्चिएको छ । लिक भएको भिडिओमा एउटा कोठाभित्र दुवै जना निर्वस्त्र र निर्लज्ज अवस्थामा देखिएका छन् ।
हिजो साँझ कार्यपालिका सदस्य बस्नेतकै फेसबुक स्टोरीमा उक्त भिडिओ देखा परेको थियो । झुक्किएर उनले स्टोरीमा पोस्ट गरेको हुनसक्ने अनुमान छ । केही मिनेटमा भिडिओ हट्यो । तर, कसैले यसलाई कपि गर्न भ्याइसकेको थियो, जुन अहिले म्यासेन्जर र ह्वाट्सएपमार्फत मोबाइलहरूमा दौडिरहेको छ ।
वडाध्यक्ष र कार्यपालिका सदस्य दुवै विवाहित हुन् । वडाध्यक्ष राईकी एक छोरी छन् । केही महिनाअघि उनले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाएका थिए । राई केही समयदेखि आफ्नी श्रीमतीसँग छुट्टिएर बसेका छन् । उनीहरुबीच सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको जनाइएको छ ।
यता, कार्यपालिका सदस्य बस्नेतका एक छोरा र श्रीमान् छन् । छोरा इन्जिनियर हुन् । बाबु र छोरा काठमाडौंमा बस्दै आएका छन् ।
उक्त भिडिओको दृश्य कहाँ र कहिले कैद भएको हो भन्ने स्पष्ट भएको छैन । भिडिओमा हेर्दा दुवै जना अन्तरंग सम्बन्धमा रहेको भने स्पष्ट हुन्छ । अहिले वडाध्यक्ष राईको फेसबुक डिएक्टिभ छ भने मोबाइल पनि अफ गरेका छन् । भिडिओ बाहिर आएपछि उनी नगरपालिकाका मेयरसँग पनि सम्पर्कमा नभएको खुलेको छ ।
यो भिडिओलाई लिएर कार्यपालिका सदस्य बस्नेतका देवरसहित परिवारका सदस्यले समाज भाँड्ने र अश्लीलता फैलाउने कार्य गरेको भन्दै नगरपालिकामा अज उजुरी दिएका छन् । उजुरीको विषयमा नगरपालिकाले वडाध्यक्ष राई र कार्यपालिका सदस्य बस्नेतलाई स्पष्टीकरण सोध्ने भएको छ । दुवै मोबाइल अफ भएकाले म्यासेन्जर र ह्वाट्सएपमा ७ दिनको म्याद दिएर स्पष्टीकरण पत्र आजभोलि नै पठाउने नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले यस्ता जनप्रतिनिधिले गरेका कुनै पनि सिफारिस हामी स्वीकार गर्दैनौं, समाजमा विकृति फैलाउनेहरूलाई तुरुन्त कारबाही गरियोस् भनेर उजुरी दिनुभएको छ । दुवै जना अहिले सम्पर्कमा हुनुहुन्न । फोन स्वीच्ड अफ छ । हामी आज वा भोलिसम्ममा उहाँहरूको ह्वाट्स एप वा म्यासेन्जरमार्फत् पत्र पठाउँछौं । यदि ७ दिनभित्र उहाँहरूको स्पष्टीकरण आएन भने कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’
लामा र बस्नेत दुवै नेपाली कांग्रेसमा आवद्ध छन् । राई नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् भने बस्नेत क्रियाशील सदस्य हुन् । यस विषयमा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईलाई पनि ज्ञापनपत्र बुझाइएको छ । उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । nepal press






