सर्लाही ४ मा चुनाव जितेका रास्वपा उम्मदेवार अमरेशकुमार सिंहलाई नेपाली कांग्रेसका सभापति गगन थापाले बधाई दिएका छन्।रास्वपा उम्मेदवार सिंहले सर्लाही ४ मा कांग्रेस उम्मेदवार थापालाई हराएका थिए। कांग्रेस सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ मा निर्वाचित भएकोमा सिंहलाई बधाई दिएका हुन्।
‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना। मलाई माया, विश्वास र मत दिनु हुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु, थापाले भनेका छन्,।







