दक्षिण कोरिया स्थित नेपाली राजदूतावासका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे सम्मानित हुनुभएको छ।
काेरियनमा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतहरूलाई ‘२०२६ बेस्ट एम्बेसडर अवार्ड’ कार्यक्रममा हिजाे शुक्रबार फेब्रुअरी २० तारिखका दिन राजदूत सम्मानित हुनुभएको हाे।
उक्त कार्यक्रम कोरिया कन्ज्युमर ग्लोबल काउन्सिलद्वारा राधानि सियोलमा आयोजना गरिएको थियोे । सम्मानित हुन सफल राजदूतहरूमा कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फे,पेरु र किर्गिस्तानका राजदूत हुनुहुन्थ्यो । राजदूतकाे साथमा एनआरएनए काेरियाका अध्यक्ष पार्वती माेक्तान पनि देखिनु भएको थियोे ।

कार्यक्रमकाे सम्बाेधन गर्नुहुदै नेपाली राजदूतले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार,विद्यार्थी तथा विभिन्न पेशा तथा व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको भनाइ राख्नु भएको थियोे ।





