प्रतिनिधि सभा निर्वाचनको माहौल चलिरहेका बेला इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका नेम्वाङ २०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङको चुनावी अभियानकै क्रममा मंगलवार आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।देशभक्त शक्तिलाई मजबुत बनाउन आफूहरू एमालेमा सामेल भएको उनको भनाइ छ ।यसअघि सोमवार मात्रै माइजोगमाई गाउँपालिका वडा नम्बर ३ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राम घिमिरे एमालेमा प्रवेश गरेका थिए ।







