आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाहकाे चुनावी प्रचारमा बालेन सँगसँगै गएका चलचित्र पत्रकार दिनेश सिटौलाको आज मृत्यु भएको छ ।
उनको मृत्यु १२ बजेर ४५ मिनेटमा भएको ग्रानडी अस्पतालले बताएको छ।
बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको थियो । केहिदिन देखि उपचारमा रहेका सिटौलाकाे आज मृत्युु भएको हाे।







