सरकारले इराकमा कार्यरत नेपाली श्रमिकलाई अभिलेखीकरणमा ल्याउनको लागि श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर सौजन्यः प्रधानमन्त्रीको कार्यालय
मन्त्रिपरिषद्को बैठकले इराकको आवासीय कार्ड भएका नेपालीलाई नेपाल आएको बेला आवेदन दिएमा श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारको यो निर्णयले इराकमा कार्यरत झन्डै ३० हजार नेपाली श्रमिकका लागि नेपाल आउजाऊ गर्न बाटो खुल्नेछ ।
२०६१ साल भदौमा इराकमा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । त्यसयता पनि इराकमा विभिन्न ठाउँमा नेपाली श्रमिकले काम गर्दै आएका छन् ।







