December 22, 2025, Monday
२०८२ पुष ८, मंगलवार

एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबीच सोमबार प्रतिस्पर्धा हुने

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ। नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो।

युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन्। प्रतियोगितामा १४ टोलीको सहभागिता थियो। यु१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ।

शीर्ष समाचार

धेरै पढिएको