माया राेश्याराकाे आत्महत्या पछि शव नेपाल पठाउन भन्दै संकलित भएको रकम उनकी ४ महिने छाेरीकाे हुनुपर्ने पत्रकार महासंघ दक्षिण काेरियाका अध्यक्ष किसन गाैतमले बताउनु भएको छ।
काेरियाका केही संस्थाहरुले शव नेपाल पठाउनका लागि सहयोग रकम जुटाइ रहेका बेला अध्यक्ष गाैतमले उक्त भनाइ हाम्रोकान्तिपुर सँग राख्नु भएको हाे । शव नेपाल पठाउनका लागि मायाका श्रीमान नै सक्षम रहेकाे भन्दै उक्त संकलित रकम सानी नाबालिक छाेरीकाे नाममा राखिनुपर्ने गाैतमकाे तर्क छ ।
अध्यक्ष गाैतमले आफ्नो धारणा सामाजिक संजाल फेसबुकमा समेत राख्नु भएको छ। दक्षिण काेरियमा गत हप्ता ४ महिनाकाे सुत्केरी मायाले आत्महत्या गरेकाे खबर बाहिरिएको थियोे । मृत्यु कारण भने उनकाे श्रीमानसँग झगडा भएको भन्ने बुझिएको छ। उनकाे मृत्यु पछि काेरियाका संघ संस्था र आम नेपाली समुदायले ४ चार महिने दुधे बालिकाको चिन्ता र चासाे गरिरहेका छन् ।







