ह्वात्तै घट्यो सुनको मूल्य

नेपालीमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। आज सुन ६ हजार ९ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको हो । यसअघि चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।