एफएनजे काेरियाकाे सदस्यता आवेदन खुला,संघसँग जाेडिएर काम गर्न सहज हुन्छ अध्यक्ष गाैतम
नेपाल पत्रकार महासंघ काेरिया शाखा (FNJ KOREA)काे अधिवेशन आगामी जनवरी २०२६ मा हुने भएको छ । संघले एक विज्ञप्ति जारी गर्दै साधारण सदस्य बन्नका लागि आव्हान गरेकाे छ ।
एफएनजे काेरियाका लागि सदस्य बन्न निम्न प्रक्रिया पूरा हुनुपर्नेछ ।
साधारण सदस्यता आवेदन आह्वान सम्बन्धी सूचना
महासंघको विधानअनुसार निर्धारित योग्यता पूरा गरी सदस्यता लिन इच्छुक आवेदकहरूले तल उल्लेखित मिति, योग्यता तथा प्रक्रियाअनुसार आफ्नो आवेदन पठाउन सकिनेछ।
– आवेदन खुला गरिएको मिति २०२५ नोभेम्बर १९ देखि २०२५ नोभेम्बर ३० सम्म
- १. सदस्यता प्राप्तिका लागि अनिवार्य योग्यता
तल उल्लेखित मध्ये कुनै एक योग्यता पूरा हुनुपर्नेछ।
(क) पत्रकारिता वा अन्य कुनै विषयमा स्नातक उत्तीर्ण भई कम्तीमा एक वर्ष पत्रकारिता पेसामा संलग्न व्यक्ति।
- (ख) पत्रकारिता वा अन्य विषयमा +२/उच्चमाध्यमिक तह/सो सरह उत्तीर्ण भई कम्तीमा दुई वर्ष पत्रकारितामा संलग्न व्यक्ति।
— महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुसलिम, अपाङ्गता भएका, लैङ्गिक/अन्य पहिचान भएका तथा विपन्न/पिछडिएको समुदाय का आवेदकका हकमा कम्तीमा एक वर्ष पत्रकारिता अनुभव भए पुग्नेछ। - (ग) यसअघि महासङ्घको सदस्य रही १८ वर्ष उमेर पुगेको नेपाली नागरिक।
- २. सदस्यता शुल्क: १,००,००० (एक लाख won)
३. आवश्यक कागजातहरू
आवेदनको साथमा तल उल्लेखित कागजातहरू अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ।
1. व्यक्तिगत विवरण
2. पत्रकारितासम्बन्धी प्रमाणपत्र तथा कामको अनुभव
3. शैक्षिक योग्यता प्रमाणित कागजात
4. सदस्यता शुल्क बुझाएको भौचर/प्रमाणपत्र
४. कागजात पठाउने स्थान (आधिकारिक इमेल): [email protected]
५. सदस्यता शुल्क बुझाउने बैंक विवरण
खाताको नाम: BUDHATHOKI PARMILA
बैंक: 농협은행 (NH Bank)
खाता नम्बर: 302–1300–6987–61 उक्त खातामा रकम जम्मा गर्नु पर्नेछ ।
६. आवेदन आफ्नै व्यक्तिगत इमेल मार्फत पठाउनु पर्नेछ।
काेरियामा कृयाशिल रहेका पत्रकार हरुलाई महासंघसँग जाेडिएर थप सहजतापुर्वक काम गर्न सकिने भएकाेले संघ सँग आवद्ध भैइदिन र सदस्याता खुल्ला रहेकाेले आवेदन दिन पनि आम सकृय पत्रकारहरुलाई संघका अध्यक्ष किसन गाैतमले आव्हान गर्नु भएको छ।


प्रतिकृया दिनुहोस्