सञ्चारमन्त्री खरेलबाट पूर्वअध्यक्ष रञ्जन राज कुँवर सम्मानित

सञ्चारमन्त्री जगदीश खरेलबाट नेपाल पत्रकार महासंघ कोरिया शाखाका पूर्वअध्यक्ष रञ्जन राज कुँवर सम्मानित हुनुभएको छ ।

 

संघले आयोजना गरेको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सुवनकाे एकहलमा सम्पन्न भएको
थियो ।

कुँवरले आफ्नो कार्यकाल सफलतापुर्बक सम्पन्न गर्नु भयो । त्यस्तै उहाँले अध्यक्ष पदमा रहदा समय संवाद कार्यक्रम सञ्चालनमा ल्याउनु भएको थियो उक्त कार्यक्रम निकै चर्चित बन्याे ।

कार्यक्रम समय संवाद मार्फत काेरियाका नेपाली विद्यार्थी ,श्रमिकका समस्याहरुकाे उठान गर्ने र समाधानको लागि सम्बन्धित निकायका प्रतिनिधिहरुसँग खबरदारी र बहस गर्ने विशेष कार्यक्रम भएको थियो ।