सुशीला कार्कीलाई दलहरु सिध्याउने जिम्मेवारी दिइएको छ- एमाले नेता रामबहादुर थापा बादल
एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री सुशीला कार्कीलाई दलहरु सिध्याउने जिम्मेवारी दिइएको टिप्पणी गरेका छन् ।शनिबार एमाले चितवनले अयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्कीले दलहरु सिध्याउन सकिनन् भने अर्को व्यक्तिलाई जिम्मेवारी दिइने बताए ।
‘सुशीला कार्कीलाई दलहरूलाई सिध्याउने जिम्मेवारी दिइएको छ। उनले सकिनन् भने अर्को व्यक्तिलाई जिम्मेवारी दिन्छन्,’– उनले भने । साथै, उनले स्थापित दलहरूले आत्मसमर्पण गरे भनेमात्रै आगामी फागुन २१ गते चुनाव सम्भव रहेको बताए । शैन्य अड्डा बनाउन दिने र पश्चिमा शक्तिको हितमा काम गर्छौं भनेर आत्मसमर्पण गर्नेलाई मात्रै चुनावमा जिताइने उनले बताए ।
उपाध्यक्ष बादलले पश्चिमाले चीन र भारतलाई टुक्राउने योजनाअन्तर्गत नेपालमा खेलिरहेको दाबी गरे । उनले नेपालको जलस्रोत, युरेनियमलगायतका खनिजमा कब्जा जमाउने, चीन र भारतको बजारमा विस्तार गर्ने पश्चिमा शक्तिको चाहना रहेको बताए ।


प्रतिकृया दिनुहोस्