सञ्चारमन्त्री खरेकाे उपस्थितिमा पत्रकार महासंघ काेरियाकाे कार्यक्रम सफलता पुर्वक सम्पन्न
नेपाल सरकारकाे सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलकाे मुख्य उपस्थितिमा पत्रकार महासंघ काेरिया शाखाले साक्षतकार कार्यक्रम सफलतापुर्बक सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रम शुक्रबार साझ सुवन सहरकाे एक हलमा सम्पन्न भएको हाे । कार्यक्रममा नेपाली विद्यार्थी ,श्रमिक ,व्यवसायी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे बाक्लो उपस्थिति रहेकाे थियो ।
त्यस्तै कार्यक्रमा काेरियामा नेपाली श्रमिक ,विद्यार्थीहरुकाे मुल समस्या र दूतावासकाे भुमिका र त्यसका बारेमा सरकारले चाल्नुपर्ने कदमबारे पनि आम जनमानसले सवाल गरेका थिए ।
कार्यक्रममा काेरियाबाट नेपाल जाने हवाई भाडादर महङ्गो भएको भन्दै नेपाल एयरलाइन्स सुचारु गर्न वर्तमान सरकारले पहल कदमी गर्नुपर्ने विषय जाेडदार माग उठेकाे थियो ।
कार्यक्रममा उपस्थित केहि विद्यार्थीहरुले पनि मन्त्री समक्ष आफ्नो समस्याहरु राखेका थिए । विभिन्न विषयको जवाफ दिदै मन्त्री खरेलले महासंघ काेरियालाई विशेष धन्यवाद दिनुभएको थियो । साथै आवश्यक पहल र समस्याको समाधानबारे आफुहरुकाे ध्यानाकर्षण भएको बताउदै आवश्यक कदम चालिने पनि सबैलाई आश्वासन दिनुभएको छ।
प्रवासमा यसरी आफ्नो समस्या,मागका साथै समाधानका विषयमा सरकारका प्रवक्ता मन्त्री खरेलसँग संवाद गर्न पाएकाेमा पत्रकार महासंघ काेरियाप्रति धेरैले खुसी व्यक्त गरेका छन् ।



प्रतिकृया दिनुहोस्