सञ्चारमन्त्री खरेल काेरिया आउदै,पत्रकार महासंघ काेरियाले साक्षात्कार कार्यक्रम गर्ने
सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल भ्रमणका लागि केहिदिन पछि दक्षिण काेरिया आउने भएका छन् । यसै क्रममा नेपाल पत्रकार महासंघ काेरिया शाखाले मन्त्री खरेलकाे मुख्य उपस्थितिमा साक्षात्कार कार्यक्रम गर्ने भएको हाे । कार्यक्रम नाेभेम्बर १४ तारिख बेलुकी ७ बजे सराक एभरेस्ट रेष्टुरेन्टकाे सभाहल सुवनमा हुनेछ ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अनुसार, यस साक्षात्कार कार्यक्रमको उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्ने, अनुभव र विचार साट्ने तथा सूचना र सञ्चार क्षेत्रमा सरकार र प्रवासी समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने रहेको छ।
यस कार्यक्रमले कोरियामा रहेका नेपाली सञ्चारकर्मी र समुदायबीच नयाँ ऊर्जा, प्रेरणा र उत्साह थप्ने र प्रवासमा नेपाली पहिचान र पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउने विश्वास महासंघको छ।


प्रतिकृया दिनुहोस्