एनआरएनए काेरियाकाे अन्तरक्रिया कार्यक्रम” भव्यताका साथ सम्पन्न,प्रमुख अतिथिमा राजदूत तुम्बाहाङ्फे
एनआरएनए काेरियाकाे अन्तरक्रिया कार्यक्रम” भव्यताका साथ सम्पन्न,प्रमुख अतिथिमा राजदूत तुम्बाहाङ्फेएनआरएनए काेरियाकाे अन्तरक्रिया कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ । संघले आइतबार सिओल स्थित एक भवनमा कार्यक्रम सम्पन्न गरेकाे हाे । उक्त कार्यक्रमकाे प्रमुख अतिथिमा दक्षिण काेरियाका राजदूत डा. शिवमाया
तुम्बाहाङ्फे हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रमकाे अध्यक्षता भने संघका अध्यक्ष पार्वती तामाङले गर्नुभएको हाे ।
अध्यक्ष तामाङले छुटिएर रहेका अर्काे एनआरयनएका पक्षधरलाई एकाताका लागि आव्हान गर्नुभएको छ । तामाङले एकताका लागि आफूले हर प्रयास गर्ने पनि बताउनु भएको हाे।
सहकार्य, साझेदारी र सह-अस्तित्व निर्माणको निम्ति दक्षिण कोरियामा रहेका विभिन्न संघ-संस्थाहरुसंग गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया NRNA NCC KOREA द्वारा “परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको संघका उपाध्यक्ष बिकास बाेहराले जानकारी
दिनुभयो ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिहरु संरक्षकहरु, सल्लाहकारहरु, विशेष अतितिहरु साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, एनआरएनएका अग्रज व्यक्तिहरु र पुर्व पदाधिकारीहरु, पत्रकार, पंजीकृत सदस्य तथा सरोकारवाला नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लाे
उपस्थिति रहेकाे थियो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रम संचालन महासचिव कमल भण्डारी र स्वागत मन्तब्य संस्था कि वरिष्ठ उपाध्यक्ष तारा पुन मगर ले गर्नुभयको थियो। उक्त अन्तरक्रियामा कोरियामा रहेका नेपाली व्यक्तित्वहरूले दिनुभएको सल्लाह, सुझावहरू अत्यन्तै महत्वपूर्ण रहेको बताउदै अन्तरक्रियामा उठेका प्रश्न, जिज्ञासाहरूको जवाफ संरक्षक,सल्लाहकारले दिनुभयाे।
साथै अन्य र आम श्रमिक वर्गहरुसंग आगामी दिनहरुमा NRNA दक्षिण कोरियाले हरेक किसिमका सहकार्य गर्दै नेपाली समाजको एकतालाई प्रमुखतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकाे छ ।



लेखकको सम्वन्धमा