
काठमाडौं, जेनजी आन्दोलनमा परि देशभर ५१ जनाको मृत्यु भएको छ । जेन्जी प्रदर्शन उग्र बनेपछि देशभर अहिलेसम्म ५१ जनाको मृत्यु भएको हो ।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एकको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोग गर्दा २१ जनाको मृत्यु भएको छ ।
यसैगरी, आन्दोलनका क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ भने हाल मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ ।







