
काठमाडौं, जेन्जी आन्दोलन उग्र बनेपछी त्यसको फाइदा उठाउदै देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई हाल पक्राउ गरिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार अझै १२ हजार ८५२ कैदीबन्दी फरार रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।







