
काठमाडौं, सोमबारदेखि जारी जेनजीको प्रदर्शनमा सरकारको दमनपछि थप उग्र बनेको प्रदर्शन अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ । मंगलबार सडकमा खटिएका सुरक्षाकर्मीको नियन्त्रणभन्दा बाहिर पुगेको स्थान काठमाडौंको हो ।
सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नियन्त्रणभन्दा बाहिर राजधानी काठमाडौं रहेको छ भने आजको प्रदर्शनमा आगजनी र तोडफोडका घटनाहरु व्यापक बढेको छन् ।
हिजो सोमबारबाट सुरु भएको आन्दोलनमा १९ जना विद्यार्थी मारिएपछि उग्र बनेको आन्दोलनले हाल शिर्ष नेताका घरहरु, सरकारी निवास, कार्यालयहरुमा तोडफोड र आगजनीमा उत्रिएका छन् ।
यसैगरी, कफ्युका बीच पनि प्रदर्शनकारीहरुले निरन्तर आक्रमण र आगजनी गरिरहेका छन् । अहिले सुरक्षाकर्मीहरुले आन्दोलनकारी रोक्न सक्ने अवस्था छैन । हाल प्रदर्शनकारीहरु सिंहदरबारमा पनि प्रवेश गर्दै छन् ।







