May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनको मृत्यु

रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उहाँ उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना हुनुभएको थियो ।