May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

एमाले सचिवालय बैठक: मुलुकको राजनीतिक परिस्थितिबारे छलफल

नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थिति लगायत विषयमा छलफल हुने बताइएको छ ।