
नेपाली जनप्रगतिशील मञ्च दक्षिण काेरियाका अध्यक्ष जीवन खतिवडाले काेरिया सन्देश नामक पुस्तकमा स्वास्थ र सहि खानपिनका विषयमा त्यसैगरी काेरियन सरकारले लागू गरेकाे इसेबेन भिषा प्रणालीका बारेमा सम्बन्धित प्रमुखहरुकाे लेख र समेटिएको बताउनु भएको छ ।
संगठनले उक्त पुस्तक हिजाे आइतबारका दिन सिओलकाे थाेङ्देमुन स्थिति एक भवनमा विमाेचन गरेकाे हाे ।
अध्यक्ष खतिवडा का अनुसार काेरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई अत्यावश्यक विषयहरुमा जानकारी पुगाेस र उक्त पुस्तकबाट आपद बिपत पर्दा समेत विभिन्न संघ संस्था र संगठनहरुबाट सहजै सहयोग या जानकारी लिन सकियोस् भन्ने हेतुका साथ तथ्यहरु संकलन गरिएको बताउनु भयाे ।
त्यसाेत पछिल्लो समय काेरियामा नेपाली श्रमिकहरुकाे एक आपसमा बेमेल भेदभाव का कारण डिप्रेसन तनाव भई आत्माहत्याका अप्रिय घटनाहरु घटिरहेको छ । त्यस्ता घटनाहरु हुन नदिन पनि विभिन्न नेपाली समुदायसँग जाेडिन सके पिडितले आफ्नो समस्या सहजै राख्न सकिने र घटना हुन नदिन हामिले केही हदसम्म भुमिका खेल्न सकिनेमा अध्यक्ष खतिवडाको जाेड छ ।







