May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

उच्च मनोबलका साथ परीक्षामा सामेल हुन विद्यार्थीहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार साँझ भिडियो सन्देश जारी गरी एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएकोहो ।

“विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्र्तीण हुनुहोस् । मेरो धेरै धेरै शुभकामना छ ।”

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गार्‍हो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीले धेरै परीक्षा उत्र्तीण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गर्नुभएको छ ।

“पहिले पहिले एसएसलीलाई फलामे ढोका भन्थ्ये । त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्,” प्रधानमन्त्रीले भन्नुभएको छ, “परीक्षा जीवनका कदमकदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उतीर्ण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।”प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताउनुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको