काेरियामा एनआरएनए अध्यक्ष द्वय बुद्धि गुरुङ र बिपिन गुरुङको ब्याटल,एकतामा शंका

दक्षिण काेरियाका एनआरएनएका अध्यक्ष द्वय बिपिन कुमार गुरुङ र बुद्धि गुरुङबिच यतिबेला ब्याटल चलिरहेको छ। त्यसाेत लामाे समयदेखि यी दुई धारमा गएका एनआरएन सामाजिक सञ्जालमै कहिले लेटरप्याड दुरुपयोग भएको त कहिले दुवैले आफुनै आधिकारिक एनआरएनए काेरिया रहेकाे दावी गर्दै आएकाे थियो ।
दुई धारमा उभिएका एनआरएनए काेरियाका अध्यक्षहरु यतिबेला वाकयुद्दमा देखिन्छ ।
पत्रकार महासंघ काेरियाले आइतबार सम्पन्न गरेकाे एक कार्यक्रममा यी दुई अध्यक्षहरु विशेष अतिथिका रुपमा आमन्त्रित हुनुहुन्थ्यो । साेहिबेला शुभकामना मन्तव्य राख्ने क्रममा दुई अध्यक्षकाे मत बाझिएको हाे । पहिले बाेल्ने पालाे एक धारका अध्यक्ष बिपिन गुरुङकाे आयाे उहाले आफुहरु एकता अभियानमा सर्वाेच्चकाे फैसला मानेर जान तयार रहेकाे बताउनु भयाे । उहाँको पक्षबाट स्पस्टरुपमा एकतामा जान तयार रहेकाे र आगामी अप्रिल ६ तारिखमा अधिवेशन गरिने भनि व्यानरहरु पनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । निशुल्क सदस्यता लिन आव्हान गरिएको छ ।
उक्त क्रममा निर्वाचित पक्षका अध्यक्ष बुद्धि गुरुङले आफुहरुनै आधिकारिक एनआरएनए भएको र दुई अर्का पक्षसँग एकताको सम्बन्धमा केन्द्रबाट कुनै आधिकारिक जानकारी नआएकाले अहिले कुनै यकिन नभएको बताउनुभयो ।
यी अभिव्यक्तिहरलाई आधार मान्दा दुइ धारमा गएका गैर आवासीय नेपाली संघ एनआरएनए काेरिया एक हुनेमा अझै शंका उब्जिएको छ ।
प्रतिकृया दिनुहोस्