
सबिना कार्की
नेपाल पत्रकार महासंघ काेरिया शाखाले सियाेलकाे थाेङ्देमुन स्थिति सेमाहुल बैंककाे ५ औं तल्लामा मार्च ९ तारिख आतबारका दिन नेपाली नागरिकहरुकाे बाक्लो उपस्थितिमा कार्यक्रम भव्यरुपमा सम्पन्न गरेकाे छ ।
संघले गरेकाे यसभन्दा अघिल्लो कार्यक्रमहरु भन्दा केहि फरक र व्यवस्थाहरु थप गरि उत्कृष्ट रुपमा सम्पन्न गराउन सफल भएको कार्यबाहक अध्यक्ष सन्ताेस खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास काेरियाका श्रम काउन्सिलर मैयाँ कडेल हुनुहुन्थ्यो भने कार्यक्रमकाे सभा अध्यक्ष सन्ताेस खड्का हुनुभएको हाे।

त्यसैगरी विशेष अतिथिहरुमा , एनआरएनए दक्षिण काेरियाका अध्यक्ष द्वय बुद्धि गुरुङ र बिपिन कुमार गुरुङ, एकटीयूका अध्यक्ष उदय राई,नेपाल तराई समाजका अध्यक्ष अवदेशराज चाैरासिया,नेपाली जनप्रगतिशील मञ्च दक्षिण काेरियाका अध्यक्ष जीवन खतिवडा त्यसैगरी जनर्सम्पर्क समिति काेरियाका सभापति भजिन्द्र क्षेत्री लगायत विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेकाे थियोे ।
संघले याे पटक कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुलाई चिया नास्ताकाे व्यवस्था समेत गरेकाे थियो ।
कार्यक्रममा संघले कार्यसमितिका प्रत्येक पदाधिकारीहरुले आयाेजक लेखिएको कार्ड लगाउनु भएको थियोे भने अघिल्लो कार्यसमितिका केही पदाधिकारी र विशेष याेगदान रहेका व्यक्तिहरुलाई सम्मान अर्पण गरिएकाे
थियोे ।
कार्यक्रम संघकाे साधारणसभा ,श्रमिकको अवस्था र काेरियामा पत्रकार महासंघकाे भुमिकामा केन्द्रित भएकोले संघका एकाउन्टेन्ट रमन बुढाथोकीले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियोे ।
त्यसैगरी काेरियामा आफू पिडित भएको बिमनर परेका कारण उपचारमा खर्च अभाव भएको र साहुले सहयोग नगरेकाे एक कामदारे श्रमा काउन्सिलर र अतिथिहरुमाज गुनासाे राखेकाे थियो ।
संघको कार्यक्रम मध्याह्न १२ बजे शुरु भई नागरिकहरुकाे बाक्लो उपस्थितकाबिच साझ ६ बजे काबा अध्यक्ष सन्ताेस खड्काले समापन मन्तव्य राख्नुभई समापन गरिएको हाे ।








