May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

बन्दिपुर गाउँपालिका ५ गोरे चौतारा घुम्तीमा बस दुर्घटना

पृथ्वी राजमार्गको गोरे चौतारा घुम्तीमा दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ ।सो दुर्घटनामा परि एक जना बस चालकको मृत्यु भएको छ भने ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आइतबार करिब ३:४० बजेको समयमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ५ गोरे चौतारा घुम्ती स्थित पृथ्वीराज राजमार्ग सडकखण्डमा सो दुर्घटना भएको हो ।

पोखराबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख ३४८७ न. को बस र काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको गरेको जिएए ००७० न. को बस एक आपसमा ठक्कर खादा जिएए ००७० न. को बस चालक तनहुँको ऋषिङ पाटन घर भई कास्कीको चाउथे बस्ने वर्ष ३९ को राम बहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।चालक परियारको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।