ठगी गरि फरार २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं, संसदीय छानबिन विशेष समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले हाल विदेशमा फरार रहेका २७ जनाको खोजविनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।
समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार शुक्रवार बसेको पहिलो बैठकमा प्रतिवेदनलाई अन्तिम रुप दिनेबारेमा महत्त्वपूर्ण छलफल गरेर प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रस्तुति तथ्य तथ्याङ्कमा छलफल र प्रस्तुतीकरणको शैली कुन ढाँचामा गर्ने भनि निर्णय भएको छ ।
सभापति थापाले दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जीवी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरूको बारेमा सरकारले खोजबिनका बारेमा के कति प्रगति भयो भनेर जानकारी लिएको बताए ।
प्रतिकृया दिनुहोस्