उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन असम्भव: पूर्वसभामुख सापकोटा

काठमाडौं, पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् ।
आज सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।
सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको जिकिर गरेका छन् । उनले सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए ।
उनले भने, ‘उहाँहरूले (सत्तारुढ दलहरूले) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ । अहिले सरकार अल्पमतमा छ । त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटिका आधारमा, त्रुटिमा टेकेर उहाँलाई हटाउन खोजिएको हो । अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु । यो राजनीतिक कुरा हो ।’
प्रतिकृया दिनुहोस्