May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

सिट क्षमताभन्दा बढी यात्रु नचढाउन सर्वोच्चको आदेश

काठमाडौं, सार्वजनिक यातायातका साधनमा रहेको सिट क्षमताभन्दा बढी यात्रु नचढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले निर्धारित सिट क्षमताभन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउन र सवारीभित्र यात्रुको इच्छाविपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउनसमेत अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

टंकप्रसाद भट्टराईलगायतले दायर गरेको उक्त रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

यसैगरी, रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायतलाई विपक्षी बनाइएको छ।