रास्वपाका पूर्व सांसद ढाका लागुऔषध कारोबार कसूरमा पक्राउ

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई लागुऔषध कारोबार कसूरमा पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनासदीप जिसीका अनुसार पोखरा २४ निवासी ४२ वर्षीय श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
यसैगरी, उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस मागेको अडियो सार्वजनिकसँगै विवादमा मुछिएपछि रास्वपाले तुरुन्तै उनलाई कारबाही गरी सांसद पदबाट हटाएको थियो ।
प्रतिकृया दिनुहोस्