November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

साहिब सेवा संस्थान, समर्पण सेवा संस्था र सेरामिक्सद्वारा मंगलबार नि:शुल्क खाना वितरण

  • 11
    Shares

विरगञ्ज, “जटिल वैश्विक यो कोरोना महामारी, नि:शुल्क भोजन हाम्रो जिम्मेवारी” भन्ने मुल मन्त्रका साथ विरगञ्जमा मंगलवार पनि नि:शुल्क खाना वितरण गरिएको छ । विरगञ्जमा निरन्तर नि:शुल्क खाना वितरण गरेको आज २८ औ दिनमा पनि साहिब दरबार सेवा संस्थान, समर्पण सेवा संस्था स्टार सेरामिक्स प्रा.लि. द्वारा खाना वितरण गरिएको हो ।

निषेधाज्ञाकाे आज ३९ औ दिनमा काम नभएको कारण भाेकै पेट बस्नु परेका गरीब निमुखा असहायहरूकाे पेट भर्न हामिले फेरि नि:शुल्क भाेजन वितरण सुरु गरेको संस्थाका राजेशमान सिंहले जानकारी गराउनु भयो ।

निषेधाज्ञा बढे सङै बिरगंज महानगरका विभिन्न स्थानहरुमा पनि खान नपाएर भोक भोकै रहेकाहरुलाई पनि ईरिक्साबाट खाना लगि बितरण समेत गरिएको सिंहले बताए ।

यसअघिको लकडाउनमा सो संस्थाले ३ महिना भाेजन गराएको थियो । त्यसै गरि हरेक सप्ताहको शनिबार महानगर भित्रका भोकै कुकुरहरुलाई पनि खाना खुवाउने गरेको समेत सिंहले बताए ।

नि:शुल्क भोजन कार्यको लागि सहयोग गर्नु हुने सहयोगी संस्थाका हातहरु राजेश सिंह, रूपेश मान सिंह, उमेशलाल सहनी, अफरोज आलम, राहुल तुल्स्यान, किशोर सिंह, विक्रम नगरकोटी, अजय अग्रवाल, कलाम मन्सुरी, मनिष ठकुरी, बिनोद बैठा, सन्दिप बैठा रहनु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको