आजको राशिफल: कस्तो रहनेछ तपाईंको दिन?

काठमाडौं, आज बि.स २०८१ साल भदौ २६ गते बुधबार तथा श्री शाके १९४६ । इश्वी सन २०२४ सेप्टेम्बर ११ तारीख ।
आजको राशिफल
मेष
आज तपाइँको काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान दिनु वेश हुनेछ । काम बिस्तारै सम्पादन हुनेछन् ।
वृष
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । भौतिक सुविधाले खर्च निम्त्याउला । साँझदेखि काममा बाधा र स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ ।
मिथुन
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् भने वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ .
कर्कट
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।
सिंह
आज हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ भने बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ । बौद्धिक कलाको प्रभाव बढ्नेछ ।
कन्या
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ । आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।
तुला
देखेकाे विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। अरूकाे आक्षेप सहनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
वृश्चिक
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ ।
धनु
सुरुमा खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । प्रयत्न गर्दा फसेको रकम उठ्न सक्छ । लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ ।
मकर
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ ।
कुम्भ
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । तापनि व्यापार बढ्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
मीन
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । आजको मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।


प्रतिकृया दिनुहोस्