May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बिजुली कटौती हुने

काठमाडौं, आज भूमिगत प्रसारण लाइनविस्तारका लागि उपत्यकाको विभिन्न स्थानमा बिजुली कटौती  हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार बिहान ६ः३० देखि ११ बजेसम्म रत्नपार्क वितरण केन्द्र वरपरका विभिन्न स्थानमा लाइन कटाउनु हुने भएको हो ।

नेपाल प्राधिकरणले भूमिगत गरिएका प्रसारण लाइनमा काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको भन्दै एक सूचना जारी गरेको छ । रत्नपार्क वितरण केन्द्रअन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६:३० देखि ११ बजेसम्म लाइन काटिनेछ ।

यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म तोकिएको समय सीमाभित्र बिजुली काटिनेछ । लैनचौर सब-स्टेसनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौँ प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म  बिजुली आप्रवाह बन्द हुने जनाएको छ । सुचनामा भनिएको छ, ‘तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिल्यै बिजुली आउन सक्ने छ । बिजुली काटिन गई सेवाग्राहीमा पर्न गएको मर्काप्रति प्राधिकरण क्षमायाचना गर्दछ ।’

शीर्ष समाचार

धेरै पढिएको