July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

तुलसीपुर उपमहानगरपालिकाको बजेट दुई अर्ब सात करोड

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि  दुई अर्ब सात करोड ४९ लाख ६८ हजार रुपियाँ बजेट ल्याएको छ । 

उपप्रमुख स्यानी चौधरीले चालुतर्फ ६५.६३ प्रतिशत अर्थात् एक अर्ब ३६ करोड १८ लाख, पुँजीगततर्फ ३३.४१ अर्थात् ६९ करोड ३१ लाख र वित्तीयतर्फ दुई करोडको विनियोजन बजेट प्रस्तुत गर्नुभएको हो ।  

उपप्रमुख चौधरीले सबैभन्दा बढी शिक्षातर्फ कुल बजेटको ३०.५७ अर्थात् ६३ करोड ४२ लाख नौ हजार, स्वास्थ्यतर्फ ४.६२ प्रतिशत ९ करोड ५९ लाख ४० हजार, कृषि र पशुतर्फ ३.६६ सात करोड ५९ लाख ९८ हजार रुपियाँ विनियोजन गर्नुभएको छ । 

त्यस्तै अन्यमा ६१.१५ एक अर्ब २६ करोड ८७ लाख ८० हजार रुपियाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१–८२ मा आन्तरिकतर्फ ६१ करोड ५१ लाख ३६ हजार ६ सय रुपियाँ अनुमानित गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार रुपियाँ बजेट ल्याएको छ । उपप्रमुख स्यानी चौधरीले चालुतर्फ ६५.६३ प्रतिशत अर्थात् एक अर्ब ३६ करोड १८ लाख, पुँजीगततर्फ ३३.४१ अर्थात् ६९ करोड ३१ लाख र वित्तीयतर्फ दुई करोडको विनियोजन बजेट प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख चौधरीले सबैभन्दा बढी शिक्षातर्फ कुल बजेटको ३०.५७ अर्थात् ६३ करोड ४२ लाख नौ हजार, स्वास्थ्यतर्फ ४.६२ प्रतिशत ९ करोड ५९ लाख ४० हजार, कृषि र पशुतर्फ ३.६६ सात करोड ५९ लाख ९८ हजार रुपियाँ विनियोजन गर्नुभएको छ ।

त्यस्तै अन्यमा ६१.१५ एक अर्ब २६ करोड ८७ लाख ८० हजार रुपियाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१–८२ मा आन्तरिकतर्फ ६१ करोड ५१ लाख ३६ हजार ६ सय रुपियाँ अनुमानित गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको