May 12, 2024, Sunday
२०८१ बैशाख ३१, सोमबार

नक्कली लाइसेन्स प्रकरणमा अख्तियारकै कम्प्युटर इन्जिनियर पक्राउ

ख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उनलाई पक्राउ गरेको हो ।

सिआईबी स्रोतका अनुसार नक्कली लाइसेन्स प्रकरणमा इन्जिनियर अर्याल पक्राउ परेका हुन् । उनको सूचना प्रविधि विभागबाट हालै अख्तियारमा सरुवा भएको थियो । थप विवरण खुल्नै बाँकी छ ।

यसअघि यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट समातिसकेका छन् । उनीसँगै अनुसन्धानका लागि अख्तियारमा सरुवा भएका इन्जिनियर अर्याल पक्राउ परेका हुन् ।

सिआईबीका प्रवक्ता होबिन्द्र बोगटीले नक्कली लाइसेन्स प्रकरणमा दुई जना पक्राउ गरिएको पुष्टि गरे । यातायात व्यवस्था विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग हुँदै कम्प्युटर इन्जिनियर अर्यालको हालै अख्तियारमा सरुवा भएको छ । नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको अनुसन्धान तामेलीमा लान उनको गिरोहले सरुवा गरेको दाबी गरिएको छ । sorce.repoters nepal

शीर्ष समाचार

धेरै पढिएको