April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

हतियारसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।पक्राउ पर्ने दीपक खड्कासहित दुई जना रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ । पक्राउ परेका खड्का झापाको बुद्धशान्ति गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।

प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए । प्रसाईंले विभिन्न सञ्चारमाध्यममा आफूले हतियारसहितका बडिगार्ड राखेको बताउँदै आएका थिए । आफूसँग जुध्नेसँग आफ्ना बडिगार्ड र निजी सेनाले प्रतिकार गर्ने उनले बोल्दै आएका थिए ।आफुसँग भएका हतियार वैधानिक भएको पनि उनको जिकिर रहँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको