December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सुनको मूल्य फेरि तोलाको नौ सय रुपैयाँँले बढ्यो

काठमाडौं, नेपाली बजारमा सुनको मुल्य आइतबारदेखि लगातार बढिरहेको छ । मंगलवार प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य बढेको छ । आज सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन तोलाको ९ सयले महंगिएर ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा पनि ३० रुपैयाँको वृद्धि आएर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। हाल अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहको छ।

शीर्ष समाचार

धेरै पढिएको