नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजे हुने
नयाँ सत्ता समिकरणको निर्माणसँगै सत्तारुढ दलहरु बैठक र छलफलमा व्यस्त छन ।केहीबेरअघि मात्र बैठक सकेर छुट्टिएका नयाँ गठबन्धनमा सहभागी दलका नेताहरुको बैठक पुन: बस्दैछ ।
सरकारमा तीन जना विना विभागीय मन्त्रीले सपथ गर्ने तयारी पनि भैरहेको बालुवाटार श्रोतले जनाएको छ ।केहीबेअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलला भेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने बारे जानकारी गराउनुभएको थियो ।
आज माओवादी केन्द्र, एमाले र रास्वपाका १-१ जना मन्त्रीहरु सरकारमा सहभागी हुनुहुने छ । यसका लागि राष्ट्रपति भवन शितल निवासमा साँझ ५ बजे सपथ ग्रहणको तयारी भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।तीनै जना मन्त्रीहरुको जिम्मेवारी नतोक्ने र सबैलाई विना विभागीय मन्त्रीको रुपमा सपथ गराउने तयारी भएको छ ।
प्रतिकृया दिनुहोस्