May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

थापाथलीस्थित अस्पतालबाट नवजात शिशु चोरी,लिएर जाँदै गरेकी महिला सीसीटिभीमा

थापाथलीस्थित प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट एक नवजात शिशु चोरी भएको छ । काभ्रेपलाञ्चाेककाे चौरीदेउराली गाँउपालिका ३ घर भएकी एक महिलाको २६ दिनकाे शिशु चोरी भएको हो। चाेरि हुने नवजात शिशु कपन निवासी २६ वर्षिय सबिना श्रेष्ठकी छाेरी हुन् ।

शुक्रबार दिउँसो शिशु चोरिएपछि ती महिलाले जिल्ला प्रहरी परिसर, काठमाडौंमामा उजुरी दिएकी थिइन् । उनले जाँचको रिपोर्ट लिन सँगै लाइनमा बसेकी एक अपरिचित महिलालाई केहि समयलाई शिशु हेरिदिन भन्दै बाेक्न लगाएकी थिइन् । तर रिपोर्ट लिएर फर्किदा छोरीसहित ती महिला बेपत्ता भएपछि उनले प्रहरीकोमा उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार उनले पार्किंगमा अर्की महिलालाई भेटेकी थिइन् । प्रहरीले सीसीटिभी नियाल्दा गुलाबी कुर्ता सुरुवाल, पहेँलो झोला, सेतो जुत्ता र कालो मास्क लगाएकी महिलाले नवजात शिशु बोकर गएको देखिन्छ ।

२६ दिनअघि प्रसूति गृहमा नै सविनाले छाेरीलाई जन्म दिएकी थिइन् । बच्चालाई जन्डिस भएकाे भन्दै अस्पतालमा भर्ना भएर उनीहरुले उपचार पनि गराएका थिए । तीन दिनअघि मात्र डिस्चार्जपछि उनीहरू काभ्रेस्थित घर फर्किएका थिए । शुक्रबार फलोअपका लागि सविना छाेरी लिएर प्रसुति गृह पुगेकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको